११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


शताव्दी पुरुष सत्यमोहन जोशीको स्वास्तावस्था स्थिर र चिन्ताजनक



फाइल फोटो

ललितपुर खबर
२९ असोज ०७९, ललितपुर । शताव्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको अस्पताल श्रोतले जानकारी दिएको छ । ललितपुर ग्वार्कोस्थित एक अस्पतालमा का अनुसार उपचार गराईरहेका जोशीको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।
३३ दिन अघि अस्पताल भर्ना भएका जोशीको स्वास्थ्यमा हिजोबाट आजसम्म खासै सुधार आएको छैन ।
छातीमा निमोनियाको संक्रमण र युरिन इन्फेक्सनका लागि एण्टिवायोटिक दिइएको भए पनि उनको स्वास्थ्यमा खासै सुधार नभएको हो । उनलाई आसियुमा राखेर उपचार गरिएको छ ।
अस्पतालले जारी गरेको विज्ञप्तीमा शरिरमा अक्सिजनको मात्रा ९२ प्रतिशत,स्वासप्रस्वास १८ प्रति मिनेट, धड्कन प्रतिमिनेट ९२ र व्लडप्रसर १२०वाई ९० रहेको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  १२ : ०४ बजे