११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरमा ट्याक्सीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



३० असोज ०७९, भक्तपुर  ।  भक्तपुरमा ट्याक्सीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। शनिबार राति मध्यपुर ठिमी नगरपालिका–६ बाहाखा भिमसेन चोकमा ट्याक्सीले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिए।

सानोठिमीबाट निकोसेरा जाँदै गरेको बा १ ज ९०६० नम्बरको ट्याक्सी र विपरीत दिशा जाँदै गइरहेको बा ८३ प ५४४८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।

दुर्घटनामा मोटरसाइकल चालक नुवाकोट घर भई काठमाडौंको कपन बस्ने ३१ वर्षीय दिपेन्द्र पण्डित गम्भीर घाइते भएका थिए। उनको उपचारको लागि कोरियन अस्पताल ठिमी लगिएको थियो।
त्यहाँ उपचारपछि थप उपचारको लागि अन्नपूर्ण न्युरो अस्पताल माइतीघर पठाइएको थियो। त्यहाँ आइतबार बिहान पौने ६ बजे मृत्यु भएको हो।

घटनामा संलग्न दुबै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ। ट्याक्सी चालक भक्तपुर नगरपालिका(१० बस्ने ३९ वर्षीय सुन्दर गोर्खाली प्रहरीको नियन्त्रणमा छन्। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  १२ : ०३ बजे