११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गुह्येश्वरीमा नेपाली सेनाका हुद्दा मृत भेटिए



३१ असोज ०७९, काठमाडौं ।  नेपाली सेनाका एक जना हुद्दा आज बिहान काठमाडौंको गुह्येश्वरीमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

नुवाकोट घर भई हाल काठमाडौंको तिलगंगा बस्दै आएका बन्दबस्ती कार्य हुद्दा भुवन पुडासैनी गुहेश्वरी फाँटस्थित आर्मी अफिसर्स गल्फ क्लब भवन नजिक झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले पुडासैनीले आत्महत्या गरेको पाइएको र यसबारे अनुसन्धान जारी रहेको जानकारी दिए । उनका अनुसार मृतक गल्फ खेलाडी पनि हुन् ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ६ : १७ बजे