११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कुलेश्वरबाट म्याद नाघेको २ हजार किलो तिल बरामद



१ कार्तिक ०७९, काठमाडौं ।  काठमाडौं कुलेश्वरबाट उपभोग्य मिति नाघेको २ हजार किलो खैरो तिल बरामद भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको नियमित बजार अनुगमनका क्रममा मसला बिक्री गर्ने फर्ममा शंकास्पद अवस्थामा उक्त परिमाणको तिल भेटिएको हाे ।

फर्मको अन्य वस्तुहरु समेत शंकास्पद भएपछि प्रयोगशाला परीक्षणका लागि पठाइएको छ । फर्ममाथिको अनुसन्धान अझै जारी छ । बरामद भएको तिलको हालको बजार मूल्य ८ लाख रुपैयाँ हाराहारी छ ।

विभागका सूचना अधिकारी होमनाथ भट्टराईकाअनुसार कुलेश्वरको अभिशेष ट्रेडिङमा उक्त परिमाणको तिल भेटिएको हो । भारतबाट आयात गरिएको उक्त तिलको बोरामा उपभोग्य मिति सकिएको पाइएको छ । बरामद ४१ बोरा तिललाई नष्ट गरिएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ६ : ३४ बजे