११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको किर्तिपुर र भक्तपुरको भत्केको पाटीमा दुई जना मृत फेला




२ कात्तिक ०७९, काठमाडौं । काठमाडौंको किर्तिपुर र भक्तपुरको भत्ेकेको पाटीमा एक एक जना गरी दुई जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौं कीर्तिपुर नगरपालिका ६ चोभार ईन्डियन मोर्डन स्कुलस्थित बागमती खोलामा रामेछाप सोनापति गाउँपालिका ४ घर भई ललितपुर महानगरपालिका ४ धोविघाट बस्ने २२ वर्षीय छिर बहादुर सेञ्चौरी सोमबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी भक्तपुर भक्तपुर नगरपालिका १० भत्केको पाटीस्थित डेरा गरी बस्ने चाँगुनारायण नगरपालिका ६ नगरकोट घर भएकी ३२ वर्षीया सन्तोषी तामाङ (नेपाली) आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।
घटनाहरुका सन्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जलानकारी दिएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ८ : ५१ बजे