११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


प्रेस सेन्टर ललितपुरद्वारा ‘मिलन स्मारिका’ प्रकाशन



३ कात्तिक ०७९, काठमाडौं । बुधबार प्रेस सेन्टर ललितपुरले राज्यद्वारा बेपत्ता पारिएका पत्रकार मिलन नेपालीको स्मृतिमा प्रकाशन गरेको ’मिलन स्मारिका’को ललितपुरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विमोचन गरेका छन् ।
राज्यले बेपत्ता पारेका पत्रकार मिलन नेपालीको स्मरण गर्दै प्रचण्डले उनी निकै क्रान्तिकारी पत्रकार भएको बताए । मिलन नेपालीका बुबा आफ्नो अभिभावक रहेको स्मरण गर्दै प्रचण्डले भने, ’चितवनमा मेरो अभिभावक मिलनको बुबा हो । मिलनले पार्टी हेर्डक्वाटरमा रहेर पनि काम गर्नुभयो ।’
मिलनलाई सम्झिँदै प्रचण्डले भने, ’उहाँले अलिकति कुरा खोल्दिनुभएको भए पनि उहाँ बेपत्ता हुने स्थिति नहुन पनि सक्थ्यो । हामी पक्राउ पर्न पनि सक्थ्यौँ । तर, उहाँ तत्कालीन राज्यसत्तासँग झुक्नुभएन । पार्टी र आन्दोलनको रक्षा गर्नुभयो ।’
प्रेस सेन्टर ललितपुरले बेपत्ता पत्रकार मिलन नेपालीको सम्मानमा मिलन स्मृति निकालेर उनको मात्र नभएर सम्पूर्ण बेपत्ता योद्धाको पनि सम्मान गरेको बताए ।
कार्यक्रम सञ्चालन गर्दै प्रेस सेन्टरका उपाध्यक्ष तथा उपत्यका प्रदेश कमिटीका इन्चार्ज निर्मल ज्ञवालीले मिलन नेपाली र कृष्ण सेन ’इच्छुक’ले देखाएको बाटोमा आफूहरू अविचलित भएर लाग्ने बताए ।
प्रेस सेन्टर ललितपुरका अध्यक्ष तथा पत्रकार महासंघ ललितपुरका सचिव रामहरी कार्कीले बेपत्ता पत्रकार मिलन नेपालीको सम्मानमा स्मारिका निकाल्न पाएकोमा खुसी व्यक्त गरे ।
कार्यक्रममा मिलन नेपालीकी जीवन संगीनी सविता बस्नेतलाई सम्मान गरिएको थियो । पत्रकार नेपालीलाई तत्कालीन राज्यसत्ताले २०५६ मा काठमाडौंको सुन्धाराबाट दण्डपाणि न्यौपानेसहितपक्राउ गरी बेपत्ता बनाएको थियो ।

 

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  ९ : ३३ बजे