११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा १३ सयभन्दा बढी म्यादी प्रहरी परिचालन हुने



३ कात्तिक ०७९,ललितपुर ।  ललितपुरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तेह्र सय आठ जना म्यादी प्रहरी परिचालन हुने भएको छ । ललितपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलका अनुसार हाल उनीहरुलाई तालिम दिने काम भइरहेको छ । ललितपुरका विभिन्न नौं स्थानमा उनीहरुको तालिमको व्यवस्था गरिएको छ ।
१० दिनको तालिमपछि उनीहरुलाई आवश्यकता अनुसार मतदान केन्द्रहरुमा परिचालन गरिने पनि जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ । वरिष्ठ प्रहरी उपरीक्षक पोखरेलले नियुक्त गरिएका म्याद प्रहरीहरुमध्ये ६०७ जना पुराना म्यादी प्रहरी रहेको बताए ।
सरकारले हरेक निर्वाचनमा सुरक्षाको व्यवस्था मिलाउन म्यादी प्रहरी परिचालन गर्दै आएको छ । पूर्वसुरक्षाकर्मी, पूराना म्यादी प्रहरीहरुलाई प्राथमिकता दिएर म्यादी प्रहरी छनौट गर्ने प्रावधान छ ।

 

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  ९ : ४८ बजे