२ माघ २०८१, बुधबार | Thu Jan 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


प्रेस चौतारी ललितपुरद्वारा मिडिया डेक्स स्थापना



४ कात्तिक ०७९,ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन २०७९ प्रचार प्रसारका लागि ललितपुरमा मिडिया डेक्स स्थापना गरिएको छ ।

एमाले ललितपुर जिल्ला प्रचार प्रसार उपसमितिको आयोजना तथा प्रेस चौतारी नेपाल ललितपुरको समन्वयमा आज पार्टी केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज हरिकृष्ण व्यञजनकारले उक्त डेक्सको उद्घाटन गरे । कार्यक्रममा व्यवञ्जनकारले राष्ट्रियताका साथै किसान मजदुरको पक्षमा पार्टीका उम्मेदवारहरुले बोलेका कुरालाई प्राथमिकता दिँदै प्रचार प्रसारमा लाग्ने प्रेस चौतारीमा आवद्ध पत्रकारलाई आवहान गरे ।

उनले भने, “ललितपुरलाई विगतमा जस्तै एमालेको लालकिल्ला बनाउन चौतारीमा आवद्ध पत्रकारहरुको सदैव महत्वपूर्ण भूमिका रहेको छ । आउँदो निर्वाचनमा पनि त्यस्तै किसिमको भूमिका पाउने पार्टीले अपेक्षा गरेको छ । एमाले ललितपुर जिल्ला कमिटिका अध्यक्ष पुरुषोतम आचार्यले चौतारीका साथिहरुले उम्मेदवारको कुरा मात्र प्रचार नगरी जनताको आशा र भरोसाका कुराहरुलाई पनि बाहिर ल्याउनुपर्ने भनाइ राखे ।

उनले भने, “यसका लागि पार्टीले गर्ने समन्वय र सहयोगमा कुनै कसर बाँकी राख्ने छैन ।” ललितपुर जिल्ला निर्वाचन प्रचार प्रसार उपसमितिका संयोजक गोपाल सञ्जेलले प्रचार विभागमा पार्टीले सहयोग र समन्वय गर्ने कुरा चौतारीमा आवद्ध व्यक्तिलाई जानकारी गराउँदै विजय गराउन लागि पर्न समेत अनुरोध गरे । । प्रेस चौतारी ललितपुरका इन्चार्ज इश्वरराज ढकालले एक उम्मेदवार एक पत्रकारको अवधारणा अनुरुप आफूहरुले चौतारीका साथिलाई परिचालन गरिसकेको बताउँदै तोकिएको जिम्मेवार पूर्ण रुपमा पालना हुने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा प्रेस चौतारी ललितपुरका अध्यक्ष बालमुकुन्द आचार्य, वाग्मती प्रदेश कमिटिका सदस्य बाबुकाजी प्रधान, एमाले ललितपुर प्रचार विभाग सहसंयोजक राजेन्द्र न्यौपाने, एमाले ललितपुर जिल्ला कमिटि उपसचिव श्याम व्यञजनकार, पार्टीका आर्थिक विभाग प्रमख गम्भीर राणाको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  १ : २३ बजे