११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गौशाला धर्मशाला क्षेत्रका मापदण्डविपरीतका संरचना हटाउन ३५ दिने अल्टिमेटम



४ कात्तिक ०७९, काठमाडौं । पशुपति गौशाला धर्मशाला क्षेत्रमा सम्झौताविपरीत निर्माण गरिएका संरचना हटाउन पशुपति क्षेत्र विकास कोषले ३५ दिने सूचना जारी गरेको छ । मारवाडी सेवा समिति नेपालले पशुपति गौशाला धर्मशाला उद्देश्य मुताबिक नचलाएकाले गत असोज २६ गते नै यस्ता संरचना हटाउन पत्र पठाएको आज सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

गौशाला धर्मशाला विशुद्धरुपमा गाईपालन, नन्दी सेवा तथा तीर्थयात्रीलाई धर्मशाला (आवास) सञ्चालन मात्र गरेको हुनुपर्नेमा समितिले सम्झौताविपरीतका सेवा पनि चलाएकाले सम्झौता र मापदण्डविपरीतका संरचना ३५ दिनभित्र हटाउन सूचित गरिएको छ ।

सम्झौता र मापदण्डविपरीतका संरचना ३५ दिनभित्र नहटाएमा नियमबमोजिम भई जाने कोषले जनाएको छ । पशुपति गौशाला धर्मशाला क्षेत्रमा पसल कवल एवं स्वास्थ्य सेवा पनि सञ्चालन भइरहेको देखिन्छ ।

कोषले यसअघि करिब एक वर्षअघि कागेश्वरी मनोहरा नगरपालिका वडा नं ८ स्थित गोठाटारमा रहेको करिब पाँच सय रोपनी जग्गाको वरिपरि मिचेर बनाइएका संरचना हटाउन पनि यस्तै सूचना जारी गरेको थियो । यसैगरी पशुपति क्षेत्रको तिलङ्गाका बस्तीवासीलाई मुआब्जा दिएर पटकपटक हटाउन जारी गरेको सूचनाको पनि अहिलेसम्म कार्यान्वयन गरेको छैन ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  २ : १३ बजे