११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मेलम्चीको पानी कात्तिकभित्रै काठमाडौं ल्याउने तयारी



४ कात्तिक ०७९, काठमाडौं ।  मेलम्ची खानेपानी विकास समितिले यही महिना भित्रै उपत्यकामा पानी ल्याउने गरी आवश्यक सुधार र तयारीको काम अघि बढाएको छ ।

पानी ल्याउन सामान्य सुधारका काम मात्रै गर्नुपर्ने छ । आयोजनाका कतिपय संरचना, आयोजनासम्म पुग्ने सडक र पुल नबन्दासम्म तत्काल मर्मत गरेर पानी ल्याउन लागिएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए ।
स्थायी समाधान नहुँदासम्म वर्षामा पानी ल्याउन रोकेर हिउँदमा मर्मत गरेरै ल्याउनुपर्ने अवस्था छ । गत वैशाखमा पानी पुनःवितरण सुरु गरिएकामा असारदेखि रोकिएको थियो ।

वर्षा सकिएकाले अस्थायी रुपमा पानी ल्याउन मुहानसम्म जाने सडक र पुल मर्मत भइरहेको छ । यस वर्ष मुहान क्षेत्रको डाइभर्सन सुरुङ र अम्बाथान अडिट सुरुङमा नदीजन्य कुरा जान नदिन पहिले नै फलामको ढोका लगाएर बन्द गरिएको थियो । त्यसैले सुरुङमा समस्या नभएको मेलम्ची खानेपानी विकास समितिले अनुमान गरेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ५ : ५४ बजे