११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


एमाले ललितपुर ३ का उम्मेदवारहरुको परिचयात्मक कार्यक्रम सम्पन्न




५ कार्तिक ०७९, ललितपुर । नेकपा एमाले ललितपुरद्वारा उम्मेदवार परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
प्रेस चौतारी नेपाल ललितपुरले शुक्रबार आयोजना गरेको ‘ललितपुर क्षेत्र नं ३ मा नेकपा (एमाले) को तर्फबाट प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेदवारसँग साक्षात्कार’ कार्यक्रममा यहाँबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार अमृत महर्जन, क्षेत्र नं ३ (१) बागमती प्रदेश सभा सदस्य पदका उम्मेदवार रघुनाथ महर्जन र सो क्षेत्र नं ३ (२) बागमती प्रदेश सभा सदस्य पदका उम्मेदवार प्रेमभक्त महर्जनले आफ्ना योजनाा सुनाएका थिए ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ललितपुर क्षेत्र नं ३ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अमृत खड्काले ललितपुर हस्तकला नगरी रहेकाले सो क्षेत्रको उत्थान र विकासमा थुप्रै काम गर्ने बताए ।
ललितपुरका धातुकला, काष्ठकला, मूर्तिकला तथा प्रस्तरकलाका सामाग्री ब्रान्डिङ गरी विश्व बजारमा पु¥योउने, चीन र भारतसँग पुरानो व्यापार सम्बन्ध बढाउनेलगायतका योजना सुनाए ।
सो क्षेत्र नं ३ (१) बागमती प्रदेश सभा सदस्य पदका उम्मेदवार रघुनाथ महर्जनले ललितकलाको उध्ययन गर्ने क्षेत्रको रुपमा विकास गर्ने, ललितपुरको बुङ्मती, खोकना, ठेचो, गोदावरी, हरिसिद्ध, सुनाकोठी जस्ता पर्यटकीय क्षेत्रमा पर्यटकको आकर्षण झन बढाउने योजनाबारे बर्णन गरे ।
सो क्षेत्र नं ३ (२) बागमती प्रदेश सभा सदस्य पदका उम्मेदवार प्रेमभक्त महर्जनले नख्खु देखि भैँसेपार्टीसम्मको सडक बनाउने मेरो पहिलो प्राथमिकता रहने बताए ।
ललितपुर क्षेत्र नं ३ निर्वाचन परिचालन कमिटीका संयोजक दिनेश कार्कीले ललितपुरलाई थप विकास र व्यवस्थीत बनाउने खोकना तथा थेचेमा उत्पादन हुने तेललाइ ब्रान्डिङ बनाउने बताए ।
कार्यक्रममा प्रेस चौतारी नेपाल ललितपुरका इन्चार्ज ईश्वरराज ढकालले शुभकामना दिएका थिए ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  १० : १६ बजे