११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरका मिठाई पसलमा अखाद्य तेलको प्रयोग



६ कात्तिक ०७९, भक्तपुर ।  भक्तपुरमा तिहारलाई लक्षित मिठाई पसलहरु १० वटामा अनुगमन गरिएको छ । अनुगमनमा मिठाई पसलको भान्छा फोहोर देखिएको र मिठाई पकाउने तेल धेरै पकाएर पोलार मिटरमा २० भन्दा माथिको देखाएको अखाद्य तेल नष्ट गरेको नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराले बताए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरीक्षक नवराज आचार्य मिठाईमा दश केजी मैदामा एक ग्राम मात्र खाद्य रंग हाल्न पाउने र मिठाई पकाउने तेल पोलार मिटरले नाप्दा बीस रेन्जभन्दा माथिको तेल अखाद्य हुने बताए ।

चन्द्रायण स्वीटस्मा मिठाई पकाउने भान्छा फोहोर देखिएकोले सफा गरी फोटोसहित नगरपालिका कार्यालयमा उपस्थित भएपछि मात्र मिठाई बनाउ निर्देशन दिएको जनाए । त्यस्तै प्याकेजिङ्ग सामानमा खाद्य विभागबाट अनुज्ञापत्र लिइ लेवल राखेर मात्र विक्री वितरण गर्ने र खराब तेल १० लिटर, चास्नी १० लिटर, म्याद नाघेको खाद्य रंग ३ बट्टा जफत गरी नष्ट गरिएको छ ।

दिव्य स्वीटस्मा मिठाई पकाउने भान्छा फोहोर देखिएकोले सफा गरी फोटोसहित नगरपालिका कार्यालयमा उपस्थित भएपछि मात्र मिठाई बनाउ निर्देशन दिई प्याकेजिङ्ग सामानमा खाद्य विभागबाट अनुज्ञापत्र लिई लेवल राखेर मात्र बिक्री वितरण गर्ने र खराब तेल १० लिटर, चास्नी १० लिटर, म्याद नाघेको खाद्य रंग ३ बट्टा जफत गरी नष्ट गरियो।

हरि मिठाई भण्डारमा मिठाई पकाउने भान्छा र मिठाई भण्डारण फोहोर देखिएकोले सफा गर्न, तराजु नविकरण नभएकाले जफत गरी नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन दिइ पसल नविकरण गर्न, मिठाई झिंगा नभन्किने धुलो नजाने गरी छोप्न, कामदारलाई सेतो एप्रोन प्रयोग गर्न, प्याकेजिङ्ग सामानमा खाद्य विभागबाट अनुज्ञापत्र लिई लेवल राखीमात्र बिक्री वितरण गर्न र रंग बढी भएको रातो पुरी १ केजी र अखाद्य तेल २ लिटर जफत गरी नष्ट गरिएको छ ।

लवजु मिठाई भण्डारमा मिठाई पकाउने भान्छा र मिठाई भण्डारण फोहोर देखिएकोले सफा गरी फोटो सहित नगरपालिका कार्यालयमा उपस्थित भएपछि मात्र मिठाई बनाउ निर्देशन दिई, मिठाई झिंगा नभन्किने धूलो नजाने गरी छोप्न, कामदारलाई सेतो एप्रोन प्रयोग गर्न, प्याकेजिङ्ग सामानमा खाद्य विभागबाट अनुज्ञापत्र लिइ लेवल राखीमात्र विक्री वितरण गर्न र पुरानो बर्फी १ केजी र अखाद्य तेल १५ लिटर जफत गरी नष्ट गरियो ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  २ : २४ बजे