११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


महालक्ष्मीकी पूर्वउपमेयर निर्मला एमालेमै फर्किइन्



६ कात्तिक ०७९,ललितपुर । ललितपुरमा सत्ता गठबन्धनका एक सयभन्दा बढी नेता कार्यकर्ता एमाले प्रवेश भएको भोलिपल्टै एकीकृत समाजवादीका दुई ठूला नेता फेरि एमालेमै फर्किएका छन् ।

महालक्ष्मी नगरपालिका पूर्वउपमेयर तथा नेकपा एसको केन्द्रीय सदस्य निर्मला थापा र नेकपा एस बुद्धिजीवी परिषद् केन्द्रीय सदस्य अशोक थापा आइतबार (आज) बाट नेकपा एमालेमा फर्किएकी छिन् ।

उनीहरु दुवैलाई पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले खादा र टीका लगाएर स्वागत गरेका छन् । अध्यक्ष ओलीले भने,‘पुरानै घरमा फर्कनुभएको छ । अब सक्दो प्रयास गरेर गठबन्धनमाथि जित्न लाग्नुहोस् ।’ जवाफमा उपमेयर थापाले आफ्नो क्षेत्रमा भरमग्दुर प्रयास गर्ने बताइन् । ओली निवास बालकोटमै उनीहरुलाई स्वागत गरिएको थियो । सो अवसरमा पोलिट्ब्यूरो सदस्य शुशिला नेपाल, ललितपुर जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्य, ललितपुर २ प्रदेश ‘क’ का उम्मेद्वार रामेश्वर श्रेष्ठ लगायतका नेताको उपस्थिति थियो ।

ललितपुरका ३ वटा क्षेत्रमध्ये गठबन्धनको भागमा ललितपुर क्षेत्र नम्बर २ नै परेको छ । यही क्षेत्रका नेताहरु नै पार्टी छोडेर एमालेमा प्रवेश गर्दा गठबन्धनलाई ठूलो धक्का लाग्ने आँकलन गरिएको छ । यसले एमाले उम्मेद्वार प्रेम मर्हजनलाई फाइदा हुने देखिएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ४ : ०९ बजे