११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बनेपामा स्कुटर दुर्घटना,युवकको मृत्यु



प्रतिकात्मक तस्बिर

७ कात्तिक ०७९, नेपा। काभ्रेको बनेपामा स्कुटर दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार काभ्रेको बनेपा नगरपालिका ५ चण्डेश्वरीस्थित सडकमा प्रदेश ३ –०२– ००१ प ७८७३ नम्बरको स्कुटर आफैं अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा स्कुटरमा सवार बनेपा नगरपालिका ९ बस्ने २१ वर्षीय सोनिक श्रेष्ठको मृत्यु भएको छ ।
दुर्घटना गम्भीर घाइते भएका उनको अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका स्कुटर चालकको न्यूरो अस्पताल बाँसबारी र स्कुटरमा सवार अन्य १ जनाको शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ८ : ३२ बजे