११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ठेचोमा आज श्वेत भैरवको नाच मञ्चन हुँदै




ललितपुर खबर
७ कात्तिक ०७९, चापागाँउ । आज ललितपुरको ठेचोमा नवदुर्गा भवानीको १२ बर्षे जात्राको क्रममा श्वेतभैरवको नृत्य मञ्चन गरिने भएको छ । नवदुर्गा भवानी गुठीका अनुसार आज सोमबार दिउँसो ठेचोमा २ बजेपछि यो नृत्य मञ्चन गरिने भएको हो ।
श्वेत भैरवको नृत्य १२ बर्षमा एक पल्ट मात्र मञ्चन गरिन्छ । यो नृत्य कुनै स्थानीयले पुनः हेर्न चाहेमा गठीसँग अनुरोध गरेका सबै सामाग्री तयार पार्न लगाएर मञ्चन हुन पनि सक्छ ।
श्वेतभैरवको नृत्य निसन्तान दम्पतीले हेरेमा सन्तान प्राप्ती हुने धार्मिक विश्वास रहेको छ ।
जत्राको क्रममा गत कोजाग्रत पूर्णिमाको भोलिपल्ट ठेचोस्थित दुरीखेलमा देशभोज सम्पन्न भएको छ । यहाँ ठेचो र सुनाकोठीका स्थानीयले भोज खाएका थिए । भोजमा देविहरुले पस्केर दिएका थिए ।
गएको फुलपातीमा सुनाकोठीको वालकुमारी मन्दिरपरिसरमा कुल्पी यज्ञ सम्मन्न भइसकेको छ । यस यज्ञका लागि दक्षिण ललितपुरको तीनपाने भञ्ज्याङको जंगलबाट स्वसी(वाँजको दाउरा) आगँसी ल्याइएको थियो ।
जात्रा आगामी चैत्रमा साइत हेरेर सम्पन्न गरिने गुठीले जानकारी दिएको छ । जात्राका लागि गोदावरी नगरपालिकाले ५० लाख रुपैयाँ उपलव्ध गराएको थियो ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ९ : ४३ बजे