६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


तिहारको दिन महोत्तरीको भङ्गाहामा झडपपछि कफ्र्यू



फाइल तस्विर

१० कात्तिक ०७९, महोत्तरी । महोत्तरीको भङ्गाहा नगरपालिका–८ मा दुई पक्षबीच आज दिउँसो भएको झडपपश्चात् स्थितिलाई नियन्त्रमा लिन कफ्र्यू लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालयले नगरपालिकाको वडा नम्बर ८ को दक्षिणमा पूरै पडरिया गाउँ, उत्तरमा धर्मपुर, पूर्वमा लोहारपट्टीको बगडा चोक र पश्चिममा इलाका प्रहरी कार्यालय लोहारपट्टी नजिकै रहेको पुलसम्म आज अपराह्न ४ बजेदेखि अनिश्चितकालसम्मका लागि कफ्र्यू लगाइएको जनाइएको छ ।
सो स्थानमा अत्यावश्यकबाहेक भेला, जुलुस, घेराउ, ¥याली, सभा गर्न नपाउने तथा थप धनजनको क्षति हुन नदिनका लागि कफ्र्यू जारी गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीद्वारा जारी आदेशमा जनाइएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहिबार  ११ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।