१३ असोज ०७९, काठमाडौं । समाज सेवी सिमा लामा ब्लोन र भुमन सिङ्गि लामाको सङ्युक्त प्रस्तुतिमा हाम्रो त पुर्खले बोलको तामाङ सेलो गीत योगेश लामा नामको युटुबाट सार्वजनिक। उक्त सेलो गित चर्चित तामाङ सेलो गायक योगेश लामा , अन्जान तामाङ, गायिका इन्दिरा गोले (गुरुङ), सिमा लामा ब्लोनको सुमधुर आवाजमा सजिएको छ ।
गितमा भुमन सिङ्गि लामा र योगेश लामाले तामाङ सस्कार सस्कृति तथा ल्होछारको ब्याख्यान गर्दै शब्द तयार पारेको छ । बुद्ध लामा द्वारा निर्देशित उक्त गीतको शब्द सङ्गीत भुमन सिङ्गि लामा र योगेश लामाले तामाङ संंस्कृति तथा ल्होछारको बयान गर्दै मनमोहक रुपमा चित्रण गरेका छन् भने सिमा लामा ब्लोन र योगेश लामाले उक्त सेलो गीतमा सङ्गित भरेका छन् । गीतको भिडियोमा अमिर दोङ, सुस्मा मोक्तान लगायत अन्य कलाकारहरुले दमदार अभिनय गरेका छन् ।
अहिले देशमा पश्चिमी संस्कृतिको देखासिखी धेरै भएकाले आफ्नो मौलिक संस्कृतिलाई जर्गेना वा जोगाउन उक्त गीतको सिर्जना गरेको निर्देशक बुद्ध लामा बताउँछन् । तामाङहरुको मौलिक संस्कृति, सौर्न्दर्य र संस्कृतिलाई उक्त गीतको भिडिओ मार्फत मिठासका साथ उतारिएको छ ।परम्परालाई मनमोहक रुपमा चित्रण गरिएको छ ।
भिडियो हेर्न यहां क्लिक गर्नुहोस्
प्रतिक्रिया