११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर ३ की उम्मेदवार डा. तोसिमाको मुद्दाको सुनुवाई हुँदै




१५ कात्तिक ०७९,ललितपुर । ललितपुर ३ निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएकी डा. तोसिमा कार्कीले सोमबार सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाई हुने भएको छ ।
निर्वाचन आयोगले उनी नेपाल मेडिकल काउन्सिलको सदस्य भएको र यो लाभको पद भएको भन्दै उनको उम्मेदवारी खारेज गरिदिएको थियो । तर डा. कार्कीले मेडिकल काउण्सिल अटोनोमी संस्था भएको आफूले भत्ता मात्रै लिएको बताएकी छिन् ।
आफूमाथि राजनीतिक षड्यन्त्र भएको भन्दै उनी सवोच्च गएकी थिइन् ।
सोमवार मुद्दा दर्ताको समयमा उनको समर्थनमा माइतीघरमा धेरै युवा युवतीहरु पुगेका थिए ।

 

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ८ : ५६ बजे