३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा एटीएम फोडेर फरार ३ जना पक्राउ



१५ कात्तिक ०७९, ललितपुर ।  ललितपुरमा एटीएम तोडफोड गरी रकम चोरी गर्न खोज्ने तीनजना पक्राउ परेका छन्। कात्तिक ४ गते राति साढे १२ बजे ललितपुर महानगरपालिका ५ कुमारीपाटीमा रहेको एनएमबी बैंकको एटीएमको ढोका फोडर रकम चोरीको प्रयास गरेका थिए।

एटीएम तोडफोडमा संलग्नलाई पक्राउ गरिएको ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी सुधिरराज शाहीले जानकारी दिए।

एटीएम फोडेर उनीहरु फरार भएका थिए। बैंकको सीसीटीभी फुटेजका आधारमा एटीएम तोडफोडमा संलग्नको पहिचान गरी प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा नुवाकोट वेलकोटगढी नगरपालिका ३ घर भई हाल ललितपुरको ग्वार्को बस्ने ३१ वर्षीय वशन्त तिवारी, सोही ठाउँ घर भई सुन्धारा बस्ने २४ वर्षीय विजय तिवारी र सुनसरीको धरान उपमहानगरपालिका १५ भानुचोक घर भई सुन्धारा बस्ने ३५ वर्षीय अनिल राई पक्राउ परेका हुन्।

उनीहरुमाथि अदालतबाट म्याद लिएर अनुसन्धान थालेको एसपी शाहीले बताए

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ७ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।