११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं ५ का एमाले उम्मेदवार पोखरेलले सार्वजनिक गरे चुनावी प्रतिबद्धता




१७ कात्तिक ०७९,काठमाडौं । काठमाडौं ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका नेकपा एमालेका नेता तथा कपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले बिहिबार आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
उनले चीन सरकारको सहयोगमा दोस्रो चरणमा निर्माण हुने चक्रपथ विस्तारलाई कलंकीदेखि धोबीखोलासम्म पु¥याउन पहिलादेखि गरिरहेको पहलकदमीलाई तिव्रता दिने पोखरेलले प्रतिबद्धता जनाएका छन् । नेता पोखरेलले स्थानीय निर्वाचनमा जारी एमालेको घोषणापत्र र प्रतिबद्धतापत्रको कार्यान्वयन गर्न केन्द्र र प्रदेश सरकारका तर्फबाट स्थानीय तहका जनप्रतिनिधहरूलाई विशेष सहयोग गर्ने बताए ।
उनले देश र जनताको हितमा काम गर्ने पार्टी एमाले मात्रै भएको बताएका छन् । उनले कुनै पार्टीहरू राजनीतिक स्थायित्वका लागि उभिन नसकेको भन्दै राजनीतिक स्थायित्व, आर्थिक विकास र समृद्धिका लागि एमालेलाई आगामी निर्वाचनमा जिताउन आवश्यक रहेको तर्क गरे ।
नेता पोखरेलले छिमेकीले नाकाबन्दी लगाएको बेलामा र आफ्नो भूमि फिर्ता लिने सन्दर्भमा एमालेबाहेक अरु कुनै पार्टीले दृढ अडान लिन नसकेको जिकिर गरे । त्यस्तै उनले नेपाली नागरिकले आमाको नामबाट पनि नागरिकता पाउनुपर्छ भन्नेमा एमाले रहेको बताए । नेता पोखरेलले अंगीकृत नागरिकताको सन्दर्भमा सर्तकता अपनाउनुपर्ने भन्दै ठीक ढंगबाट अडान लिन नसके देशको स्वाभिमान, अस्तित्व र स्वतन्त्रतामाथि समेत आँच पुग्नसक्ने उल्लेख गरे ।

 

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ४ : १० बजे