११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


अनामनगरमा मोटरसाइकलको ठक्करबाट परराष्ट्रकी शाखा अधिकृतको मृत्यु



१८ कात्तिक ०७९, काठमाडौं । काठमाडौं अनामनगरमा बिहीबार बेलुका भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ। बेलुका ६ बजेतिर प्रदेश(३ ०२ ००८ प ३६१७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा अनामनगर बस्ने ३२ वर्षकी आस्था सुब्बाको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएकी उनको उपचारका क्रममा काठमाडौं मोडल अस्पतलामा बेलुका पौने सात बजे ज्यान गएको हो ।

प्रहरीका अनुसार उनी परराष्ट्र मन्त्रालयका शाखा अधिकृत थिइन् । दुर्घटनामा मोटरसाइकलका चालक घाइते भएका छन् । उनको महाराजगञ्जमा रहेको शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  १० : २३ बजे