११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा गठबन्धन : जनजीविका मुद्दा उठाउनेभन्दा एमाले हराउने खेलमा



ललितपुर खबर
२१ कात्तिक ०७९, ललितपुर । ललितपुर क्षेत्र नम्बर १ प्रदेश ‘ख’ का उम्मेदवार चेतनाथ संजेलले सत्तारुढ गठबन्धनले जनजिविकाका मुद्दा भन्दा पनि नेकपा एमाले हराउने खेलमा मात्र लागेको बताएका छन् ।

आगामी मंसीर ४ गतेको निर्वाचनमा जनताका समस्या समाधान गर्ने एजेण्डा भन्दा पनि जसरी पनि एमालेलाई हराएरै छाड्ने रणनिती बुनिरहेको उनले बताए । ‘यो निर्वाचन भनेको साँच्चीकै रुपमा देशलाई अग्रगमनतीर लैजाने या देश नै धरापमा लैजाने भन्ने खालको आन्दोलन हो , उनले आश्राङमा आयोजित घरदैलो कार्यक्रममा भने, ‘ न त राष्ट्रियताको सवालमा सत्तारुढ गठबन्धनले केही पहल गरेको छ, न मारमा परेका जनतालाई महङ्गीको दलदलबाट उतार्न सकेको छ । ’

महङ्गीबाट जनता आक्रान्त रहेको बताउँदै निवर्तमान बाग्मती प्रदेश सभाका सदस्य समेत रहेका संजेलले यो सरकारलाई कुनै मतलव नदेखीएको टिप्पणी गरे । ‘ १६ सयको चामल अहिले २२ सय पुगेको छ ,पेट्रोलियम पदार्थमा कति मूल्य पुगेको छ हेरौँ न , उनले भने,‘ केपी ओली नेतृत्वको सरकारका पालामा ८४ रुपैयाँ लिटरमा पाइने पेट्रोल १ सय ८० नाघेको छ, यसमा पनि यो सरकारलाई कुनै मतलव छैन । ’

जनताका समस्या समाधानमा यो सरकारले कुनै चासो नदिएको बताउँदै संजेलले एमालले विकास निर्माणका धेरै कामलाई अगाडी बढाएकाले गठबन्धन त्यसमा पनि कांग्रेस आत्तिएको टिप्पणी गरे । ‘राष्ट्रियताको सवाल , सुरुङ मार्ग र रेल संचालनमा एमाले लागिरहँदा कांग्रेस माओबादी सहितको दल खाली जनतालाई महङ्गीको मार बोकाउँदै हिँडिरहेको छ । ’ उनले टिप्पणी गरे । कांग्रेसले ललितपुरमा आफूहरुले गरेको विकास निर्माणका कुराको जस लिइरहेको ठोकुवा गरे । ‘तपाइँहरु जस्तो वर्गले अब बुझ्ने बेला आएको छ । दुधको दुध पानीको पानी छुट्टाउने बेला आएको छ । ’, संजेलले थपे । ललितपुरमा कांग्रेसले नसकेर गठबन्धन गरेको मिलेको छ । क्षेत्र नम्बर २ र ३ का टिकट नपाएका कांग्रेसका नेता धुरु धुरु रोइरहेका छन् । उनको आश्राङ सडक बनाउने योजना छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ६ : ०६ बजे