२ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पाटनमा चलिरहेको कात्तिक नाच आज सकिँदै



ललितपुर खबर
२२ कात्तिक ०७९, ललितपुर । ललितपुर पाटनमा चलिरहेको कात्तिक नाच आज सकिँदैछ । बेलुका ७ बजे कात्तिक डबलीमा दधि लिला हुँदैछ । गएको कात्तिक १३ गतेदेखि सुरु भएको नाच अन्तर्गत नवौँ दिन वस्त्रहरण लीला तथा आठौँ दिन नृसिंह अवतार हिरण्यकश्यपु वधः प्रदर्शन गरिएको थियो।

३ सय ८२ वर्ष पुरानो कात्तिक नाचलाई सिद्धिनरसिंह मल्लले सञ्चालन गरेको उल्लेख छ । कृष्णलिला र विष्णु पुराणको नृसिंह अवतारको कथामा आधारित यो नाचमा पोङ्गा, खीं, ताः र झ्याली बजाउँदै विष्णुका विभिन्न अवतारहरु प्रस्तुत गरिन्छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  १० : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।