११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बुङ्गमतीको प्रबद्र्धनका लागि पत्रकारको भ्रमण




हिमरत्न तिमल्सिना
२४ कात्तिक ०७८, ललितपुर । ललितपुर ललितपुरको बुङ्गमतीमा युएनए ह्यविट्याटद्वारा पर्य सम्पदा परियोजनाको प्रगति र उपलब्धि बारे सञ्चारकर्मीलाई जानकारी गराइ बुङ्गमतीको प्रवर्द्धन एवं दिगो पर्यटनको उद्देश्यले मिडिया भिजिट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा युएन ह्यविट्याटका वरिष्ठ कार्यक्रम अधिकृत प्रविन बज्राचार्यले बुङ्गमतीको धार्मिक तथा ऐतिहासिक बुङ्गमतीको पुरानो वस्ती र सम्पदा संरक्षणमा युएन ह्यविट्याटले गरेका गतिविधि बारे प्रकाश पारेका थिए ।
बुङ्गमतीका मूर्त तथा अमूर्त सम्पदाको प्रचार प्रसारका लागि पनि मिडिया भिजिट कार्यक्रम सहयोगी सिद्ध हुने समेत उनले बताए । गत ७२ सालको महाभूकम्पले क्षति भएका पुराना सम्पदाको पुन निर्माण गरी यसलाई पुनर्जीवित गर्ने मुल उद्देश्यले सन २०१२ मा युरोपिएन युनियनको सहयोगमा स्वीस एसिया कार्यक्रम अन्र्तगत युएन ह्यविट्याट , ललितपुर महानगरपालिका , लुमन्ती , लगायतका संस्थाको सहकार्यमा संचालन गरिएको पर्य सम्पदा २०२२ मा सम्पन्न हुने उनले जानकारी दिए । पर्य सम्पदाको विकासका लागि बुङ्ग महोत्सव गरिदै आएको समेत उनले स्पष्ट पारे ।

 

पासा पुचा नेवारी खाजा घरकी संचालक विद्या तुलाधरले आफ्नै लगानीमा नेवारी खाजाको प्रर्बद्धन गर्न भिलेज क्याफे संचालन गरेको बताइन । बुङ्गमती घुम्न आउने पर्यटकलाइ नेवारी खाजा योमरी , बाराको स्वाद चखाउने गरेको समेत उनले बताइन् । बुङ्गमतीको परम्परागत काष्ठकलाको प्रवर्द्धन गर्न १८ वर्षदेखि युवा पुस्तालाई मूर्तिकला तालिम दिदै आएको सुगमराज शाक्यले प्रष्ट पारे । स्थानीस्तरमा तयार पारिएका काष्ठकलाको डिमान्ड बढ्न थालेको समेत उनले जानकारी दिए । काष्ठकला व्यवसायले पर्य सम्पदामा सहयोग पुगेको समेत उनले बताए । विद्या तुलाधर पासा पुच नेवारी खाजा घरकी संचालक हुन् ।

यसैगरी कीर्तिपुरमा उत्पादित सामाग्रीको प्रबद्र्धन गर्न अनलाइनबाट सामान बेच्दै आएको स्थानीय स्तरबाट उत्पादित सामग्रीलाई आधुनिकीकरण गर्दै अनलाइनबाट बेच्ने गरेको उनले बताइन ।


यसैगरी हस्तकला तथा काष्ठकला तालिम संचालन गरिएको सुजेन्द्र महर्जनले बताए । पर्या सम्पदा परियोजना अन्र्तगत छ सय जनालाई उद्दमशीलता तालिम दिइएको दुई सय साठी जनालाइ उद्द्योग संचालन गर्न सहयोग गरिएको समेत उनले जानकारी दिए ।
स्थानीय पथ प्रदर्शक अनिल तुलाधरले किरातकालीन इतिहास रहेको बुङ्गमती काठमाण्डु उपत्यकाकै होचो ठाउँ भएको बताए । रातो मछिन्द्रनाथ , दे पोखरी , सत फल्चा , नमोबुद्ध मन्दिर , यलो क्याफे , प्राचीन वस्ती , नेवारी सभ्यता , बुङ्गमती संग्रहालय , कार्यविनायक यहाँको पर्यटकिय गन्तव्यका रुपमा रहेको समेत उनले बताए । बुङ्गमतीका ८४६ पुराना घरमध्य ५७६ वटा घर गत ७२ सालको महाभूकम्पले क्षति भएको उनको भनाई थियो ।
विभिन्न सञ्चारमाध्यम मार्फत बुङ्गमती पर्यटक भित्र्याउन तयार छ भन्ने सन्देश दिनका लागि मिडिया भिजिट कार्यक्रम राखिएको प्रविन बज्राचार्यले जानकारी दिए साथै यस क्षेत्रको दिगो पर्यटनसंगै बुङ्गमतीमा रहेका काष्ठकला , चित्रकला , वास्तुकला , एवं , धार्मिक सांस्कृतिक महत्वलाइ प्रवर्द्धन गर्न पर्या सम्पदा परियोजना मार्फत थुप्रै परिवर्तनबारे आमनागरिकलाई जानकारी दिन यो कार्यक्रम सहयोगी हुने उनले बताए ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  १० : ०६ बजे