११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मानुषीलाई जनसमाजवादीका उम्मेदवारको समर्थन



२७  कात्तिक ०७९, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ मा सत्ता गठबन्धनबाट प्रतिनिधि सभा उम्मेदवार रहेकी मानुषी यमी भट्टराईलाई जनसमाजवादी पार्टीका उम्मेदवारले समर्थन गरेका छन्।

काठमाडौं ७ मा प्रतिनिधि सभातर्फ उम्मेदवारी दिएका जनसमाजवादी पार्टीका नेता शैलेशराज श्रेष्ठले आफ्नो उम्मेदवारी निस्कृय पार्दै मानुषीलाई समर्थन गरेको विज्ञप्ति निकालेका छन्।

संविधानको रक्षा र विकासका लागि भन्दै उनले सत्ता गठबन्धनका उम्मेदवार मानुषीलाई समर्थन गरेको विज्ञप्तिमा उल्लेख गरेका छन्। नेपाल समाजवादी पार्टीकी नेता मानुषी सत्ता गठबन्धनबाट काठमाडौं ७ मा साझा उम्मेदवार छिन्।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  १ : २१ बजे