११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


नैकापमा घरभित्र पसेको चितुवा नियन्त्रणमा



२७  कात्तिक ०७९, काठमाडौं । काठमाडौं नैकापबाट चितुवा नियन्त्रणमा लिइएको छ । आइतबार दिउँसो नैकापको एक घरमा पसेपछि चितुवालाई नियन्त्रणमा लिएको हो ।
चितुवा १५ किलोको छ । नियन्त्रणमा लिएको चितुवा बच्चा भएको प्रहरीले जनाएको छ । बिहान पौने ९ बजेदेखि पूरानो नैकाप ठकुरी गाउँस्थित तरकारी टनेलमा चितुवा देखा परेको थियो। प्रहरीले वन कार्यालयका कर्मचारीसँग समन्वय गरी चितुवालाई नियन्त्रणमा लिएको हो।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  १० : १२ बजे