११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भङ्गेरीमा आमाछोरीकै हत्या



©lalitpurkhabar.comshayam phuyal

२८ कात्तिक ०७९,नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका ५ भङ्गेरीमा आज साँझ आमाछोरीको हत्या भएको छ । धारिलो हतियार प्रयोग गरेर २० वर्षीया सम्झना पाण्डे (खतिवडा) र उनको छोरी तीन वर्षीया कृष्टिना खतिवडाको हत्या भएको दुप्चेश्वर गाउँपालिका ५ का वडाध्यक्ष मइतबहादुर तामाङले जानकारी दिएका छन् ।
उनका अनुसार धारिलो हतियार प्रयोग गरेर घाँटीसहित शरीरको विभिन्न अङ्गमा गहिरो चोट पु¥याएर उनीहरुको हत्या गरेको अवस्थामा घरको आँगनमा आमा र पिँढीमा छोरीको शव आज साँझ ७ बजे भेटिएको हो ।
प्रहरी चौकी समुन्द्रटारबाट गएको प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको र जिल्लाबाट प्रहरी निरीक्षकको नेतृत्वमा थप प्रहरी त्यसतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । उनको अनुसार घटनामा अपराध भएको पाइएकाले सोही अनुसार प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ११ : १४ बजे