११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर गोदावारीका दुई बालिका बलात्कृत



२९ कात्तिक ०७९,ललितपुर । ललितपुरमा १० वर्षीया र ११ वर्षीया दुई जना बालिका बलात्कृतभएका छन् । ती बालिकाहरुलाई बलात्कार गरेको अभियोगमा गोदावारी नगरपालिका–३ नहर बस्ने १९ वर्षीय पर्वत बिश्‍वकर्मा र १९ वर्षीय मदन बिश्वकर्मालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूले दुवै जना बालिकालाई शुक्रबार दिउँसो आफ्नै कोठामा लगि बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कारको उजुरी परेपछि प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ५ : ०४ बजे