११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पशुपतिमा बाला चतुर्दशीको तयारी




३० कात्तिक ०७९, काठमाडौं । पशुपति क्षेत्रमा बाला चतुर्दशी पर्वको तयारीस्वरुप सफाइ सुरु गरिएको छ ।
पशुपति क्षेत्रमा बाला चतुर्दशीको तयारीस्वरुप सरसफाइ र शतबीज छर्ने मार्गमा विद्युतीय बत्ती व्यवस्थापन गर्न थालिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिएका छन् ।
प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपति क्षेत्रमा शतबीज छर्ने वैदिक सनातन हिन्दू धर्मशास्त्रीय परम्परा छ ।
दिवङ्गत पितृका नाममा शतबीज छर्न मार्गशीर्ष कृष्ण त्रयोदशीकै बेलुकीदेखि पशुपति क्षेत्रमा भक्तजनको भीड लाग्ने गर्छ । भक्तजन मार्गशीर्ष कृष्ण त्रयोदशीको बेलुकी पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा दिवङ्गत पितृका नाममा बत्ती बालेर बस्छन् । मार्गशीर्ष कृष्ण चतुर्दशीको बिहानै पशुपति क्षेत्रको विशेषगरी मृगस्थलीमा शतबीज छर्ने गरिन्छ ।
यस वर्ष बाला चतुर्दशी पर्वको तयारीका लागि कोषको संस्कृति संरक्षण महाशाखालाई सबै जिम्मेवारी दिइएको प्रवक्ता अधिकारीले जानकारी दिए । बाला चतुर्दशीका अवसरमा पशुपति क्षेत्रमा लाखौँ भक्तजनको भीड लाग्ने गर्छ । यस वर्ष मङ्सिर ८ गते बाला चतुर्दशी पर्व परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ३ : १९ बजे