११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोदावरीमा दुई वालिका बलत्कृत,दुई युवक पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

३० कात्तिक ०७९, ललितपुर । ललितपुरको गोदावरीबाट दुई वालिकालाई बलत्कार गरेको अभियोगमा दुई जना युवक पक्राउ परेका छन् ।
प्रहरीका अनुसार १० वर्षीया र ११ वर्षीया बालिकालाई जबरजस्ती –बलत्कार)करणी गरेको अभियोगमा गोदावारी नगरपालिका ३ नहर बस्ने १९ वर्षीय पर्वत बिश्वकर्मा र १९ वर्षीय मदन बिश्वकर्मालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूले दुवै जना बालिकालाई शुक्रबार दिउँसो आफ्नै कोठामा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरी प्राप्त हुनासाथ प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ३ : ४८ बजे