२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर–२ को मतगणना अन्तिम चरणमा, भारी मतान्तरले एमाले अगाडी



५ मंसिर ०७९, ललितपुर ।  ललितपुर क्षेत्र नम्बर २ मा अहिलेसम्म ३७ हजार ९ सय १४ मत गणना भएको छ। निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीले दिएको पछिल्लो जानकारी अनुसार अहिले साँझ साढे ७ बजेसम्ममा सो मत गणना भएको हो।

जसमा नेकपा एमालेले अग्रता जारी राखेको छ। सूर्य चिन्ह लिएका प्रेमबहादुर महर्जनले १०३०३ मत ल्याएका छन्। यस्तै लौरो चिन्ह लिएका सुदिन शाक्यले ७ हजार ८ सय ८४ मत पाएका छन्।

ललितपुर २ मा तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी छ। उसले ६०६८ मत ल्याएको छ। यसैगरी निवर्तमान सांसद समेत रहेका गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जनले ६४८६ मत पाएका छन्।

अब सो क्षेत्रको झण्डै १२ हजार मत मात्र गणना गर्न बाँकी छ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ७ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।