१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर ३ मा डा. तोसिमा झन् अगाडि




ललितपुर खबर
६ मंसिर ०७९, ललितपुर । ललितपुर ३ की प्रतिनिधिसभा सदस्यकी उम्मेदवार डा. तोसिमा कार्की अन्य उम्मेदवारहरुसँग मतान्तर निरन्तर रुमा कायम राख्दै झन् अगाडि लागेकी छिन् ।
निर्वाचन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. कार्कीले ४ हजार ९ सय १० मत पाएकी छिन् । उनका निकटत प्रतिश्पर्धी नेकपा एमालेका अमृत खड्काले ३ हजार ८ सय ४५ मत पाएका छन् ।
उता नेपाली काँग्रेसलगायत गठबन्धनको समर्थन पाएकी अर्की उम्मेदवार पम्फा भुसाल पछाडि परेकी छिन् । उनले २ हजार २ सय २८ मत मात्रै पाएकी छिन् ।
अन्य प्रतिश्पर्धीहरुमा राप्रपाका निरञ्जन थापाले ३ सय १३ मत, हाम्रो नेपाली पार्टीका राजाराम तण्डुकारले २ सय २ मत मजदुर किसान राष्ट्रिय १ सय ७५ पार्टीका निरज लवजु पाएका छन् ।
पछिल्लो समय १२ हजार ३ सय १० मत गणना गर्दा यो परिणाम आएको हो । यहाँ २० वटा वडा गणना गरिएको छ । पछिल्लो समय बदर मत ४ सय ३३ रहेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ९ : ३१ बजे