१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंमा गहना चोरी आरोपमा ६ जना पक्राउ, पेस्तोल र लागुऔषध बरामद



८ मंसिर ०७९, काठमाडौं । काठमाडौं महानगरपालिका १८ नरदेवीस्थित सुन बनाउने कारखानाबाट सुनका गहना चोरी भएको घटनामा संलग्न आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
धादिङ खनियाबास गाउँपालिका ४ घर भई हाल काठमाडौं नागार्जुन नगरपालिका २ गैरीगाउँ बस्ने ३८ वर्षीय मनिला तामाङसहित ६ जनालाई प्रहरीले बुधबार पक्राउ गरेको हो।
पक्राउ पर्ने अन्य व्यक्तिमा धनकुटाको सागुरीगढी नगरपालिका ७ का २६ वर्षीय सुमन राई, सोही ठाउँका २८ वर्षीय लेविराज राई, धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ६ का ३० वर्षीय कुमार विश्वकर्मा, ४० वर्षीय बेगबहादुर विश्वकर्मा छन्।
भारत घर भएका ३२ वर्षीय सेख मुस्तफा अली र ४५ वर्षीय गौतम माझीले सञ्चालन गरेको कारखानाबाट गत कात्तिक २९ गते राति सुनका गरगहना चोरी भएको थियो। घटना अनुसन्धानका क्रममा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले घटनामा संलग्न आरोपमा उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
साथै मनिला तामाङको डेरा कोठा तलासी गर्दा घटनामा प्रयोग भएका प्रदेश ३९०२९००१ प ६२१७ नम्बरको मोटरसाइकल, पेस्तोल १ थान, सोही पेस्तोलमा लाग्ने गोली ४ राउन्डसहितको म्याग्जिन, जर्सी र ज्याकेटसहितको प्रहरी पोसाक १ जोर, नियन्त्रित लागुऔषध फेनारगन १ सय ९७ एम्पुल, डाइजेपाम १ सय ९७ एम्पुल र नुफिन १ सय ९७ एम्पुलसमेत प्रहरीले बरामद गरेको छ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ९ : ५९ बजे