१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


टोखामा बिजुलीको पोलमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु



प्रतिकात्मक तस्बिर

१३ मंसिर ०७९, काठमाडौं । काठमाडौंको टोखा नगरपालिका ६ ग्रिनल्याण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गएराति सवा ११ बजे बा ७४ प ५७ ५९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किंदा नुवाकोटको पञ्चकन्या गाउँपालिका ४ का २६ वर्षीय सविन कँडेलको मृत्यु भएको हो । मोटरसाइकल चालक कँडेलको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा गएराति साढे ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा मोटरसाइकलको पछाडि सवार एक जना घाइते भएका छन् । घाइते हुनेमा नुवाकोटको पञ्चकन्या गाउँपालिका ४ कै २२ वर्षीय सन्देश कार्की छन् । उनको उपचार टोखास्थित ग्राण्डी अस्पतालमा भइरहेको प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ११ : १३ बजे