१६ असार २०८३, मंगलबार | Tue Jun 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बालेनविरुद्धको नाराबाजीप्रति मधेशी आयोगको चासो, कारबाही गर्न पत्राचार



१५ मंसिर ०७९, काठमाडौं ।  मधेशी आयोगले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध नाराबाजी गरेको भिडियोमा मधेशी समुदायमाथि अपमानजनक शब्द प्रयोग गरिएको भन्दै यसमा संलग्नलाई कारबाही गर्न गृह मन्त्रालय र प्रहरीलाई आग्रह गरेको छ ।

आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा बागमती किनारका सुकुम्बासी हटाउन काठमाडौं महानगरले गरेको प्रयासको विरोध गर्दै सामाजिक सञ्जालमा राखिएका भिडियोमा मधेशी समुदायमाथि धोती, मधेशी, भिखारी जस्ता अपमानजनक गालीगलौज गरिएको भन्दै त्यसमा संलग्नलाई कारबाही गर्न गृह मन्त्रालय र प्रहरीलाई सिफारिस गरेको उल्लेख छ ।

 

यस्ता कार्यले सामाजिक सदभावमा असर पुग्ने, राष्ट्रिय एकता खलल पर्ने भन्दै आयोगले पाँच पृष्ठको पत्र गृह मन्त्रालय र नेपाल प्रहरीलाई बुझाएको आयोगकी उपसचिव सविता डंगोलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  ६ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।