१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


प्रधानमन्त्रीले दिए ललितपुरबासीलाई बधाई र शुभकामना



२ पुस ०७९, ललितपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले १०४औँ स्थापना दिवसको अवसरमा आज ललितपुर महानगर परिसरमा आयोजित कार्यक्रममा महानगरवासी, जनप्रतिनिधिलगायत सबैमा बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री देउवाले धार्मिक, सांस्कृतिक, ऐतिहासिक कला नगरी, उपत्यकाकै जेठो महानगरपालिका स्थापनाको एक सय चार वर्षमा प्रवेश गरेको सुखद अवसरमा शुभकामना दिएका छन् ।
प्रधानमन्त्री देउवाले ललितपुरको इतिहास गौरवपूर्ण भएको बताएका छन् ।
ललितपुर महानगरपालिकाको कार्यक्रममा उनले भने, “अनुपम कला नगरीको रुपमा परिचित यस नगरको सरसफाईलगायत काम गर्न १९७५ पुस २ गते ‘छेमडोल अड्डा’को नामबाट सञ्चालन भएको कार्यालय आज महानगरपालिकाको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको छ । त्यसैले यसको इतिहास गौरवपूर्ण छ ।”
उपत्यकाको पुरानो र मौलिकतासहितको ललितपुर सहर महानगरपालिका बनेपछि व्यवस्थित विकाससहित नगरवासीको जीवनलाई सहज र गुणस्तरीय बनाउने योजनासहित अघि बढेको उनले बताए । संविधानले स्थानीय तहलाई विकास निर्माण र सेवा प्रवाहको आधार स्तम्भको रुपमा महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको उल्लेख गर्दै उनले नागरिकको नजिकको सरकार भएकाले स्थानीय तहको भूमिका जवाफदेही हुनुपर्नेमा जोड दिए ।

 

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ७ : ०७ बजे