१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मेलम्ची खानेपानी आयोजनालाई दिर्घकालिन रुपमा सञ्चालन गर्न सरकारको प्राथमिकता



३ मंसिर ०७९, काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले मेलम्ची खानेपानी आयोजनालाई दिर्घकालिन रुपमा सञ्चालन गर्न प्राथमिकतामा राखेको बताएका छन्।
प्रधानमन्त्री देउवा मेलम्ची खानेपानी आयोजनाका जन्मदाता स्वर्गीय कृष्णप्रसाद भट्टराईको सम्मानमा आयोजनास्थल सुन्दरीजलमा निर्माण गरिएको भट्टराईको पूर्ण कदको सालिक अनावरण गर्न त्यहाँ गएका हुन्।
भट्टराईको सालिक अनावरण गर्ने क्रममा प्रधानमन्त्री देउवाले नेपालको संविधानमा खानेपानी र सरसफाईलाई मौलिक हकको रुपमा संरक्षण गरेकाले सरकारले मेलम्ची खानेपानी आयोजना दिर्घकालिन रुपमा सञ्चालन गर्न प्राथमिकतामा राखेको बताए ।

अब काठमाडौं उपत्यकाबासीलाई सधैं पानी वितरण गर्नसक्नेगरी आवश्यक तयारी गरिने प्रधानमन्त्री देउवाले बताए।

विसं २०४६ को जनआन्दोलनपछि गठित अन्तरिम मन्त्रिपरिषद्का प्रधानमन्त्री स्वर्गीय भट्टराईले ३० वर्षअघि मेलम्चीको पानी काठमाडौं ल्याउने परिकल्पना गरेका थिए।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ५ : १० बजे