१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


विश्वकप फुटबलमा सट्टेबाजी गराएको आरोपमा भक्तपुरबाट २ जना पक्राउ



३ मंसिर ०७९, भक्तपुर । विश्वकप फुटबलको सट्टेबाजी गराएको आरोपमा दुई जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१२ का अजय भेले र भक्तपुर नगरपालिका–१६ घर भएका सुनिल चौगुठी रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरु भक्तपुरबाट पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार अनलाइन बेटिङमा उनीहरूले गरेको आर्थिक कारोबारबारे अनुसन्धान भइरहेको छ । पक्राउ परेका चौगुठीले ३ करोड बढीको कारोबार गरेको अनुसन्धानबाट खुलेको छ । विश्वकप फुटबल अन्तर्गत आइतबार राति अर्जेन्टिना र फ्रान्सबीच फाइनल खेल हुँदैछ ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ५ : ३६ बजे