१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं टौदहको प्रगतिशिल सहकारीबाट नगद ९ लाख ९१ हजार रूपैयाँ चोरी



©lalitpurkhabar.comshyam phuyal

४ पुस ०७९, काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका ६ टौदहस्थित प्रगतिशिल बचत तथा ऋण सहकारी संस्थाबाट नगद ९ लाख ९१ हजार रूपैयाँ गएराति चोरी भएको छ ।
प्रहरीका अनुसार संस्थाको म्यानेजरको कार्यकक्षमा रहेको सेफ फोडी उक्त सेफमा रहेको उक्त नगद चोरी गरी अपरिचित व्यक्ति फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गरिरहेको छ ।
भक्तपुरको मध्यपुरठिमी नगरपालिका ४ बालकुमारीस्थित विष्णु बिर मार्ग बस्ने अनिल शाहीको घरबाट नगद २ लाख रुपैयाँ र सुनका विभिन्न गहान समेत गरी करिब ८ लाख रूपैयाँ बराबरको धनमाल गएराति चोरी भएको छ ।
उनको घरको झ्यालबाट प्रवेश गरी कोठाको दराजको साँचो मिलाई चोरी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गरिरहेको छ ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ७ : ४७ बजे