१५ माघ २०८२, बुधबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरकी सासंद डा. तोसिमा भन्छिन्,‘दल मात्र होइन देश बचाउने अभियानमा’



५ पुस ०७९, ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सरकारमा सहभागी सम्बन्धमा भेटघाट र छलफल चलाइरहेको बेला ललितपुरकी सासंद तोसिमा कार्कीले संसयपूर्ण अभिव्यक्ति सार्वजजिक गरेकी छिन् ।्
उनले सामाजिक संजालमा लेख्दै ‘दल मात्र होइन अब, “देश“ बचाउने अभियानमा छु’ भन्दै पार्टीमा नरहन सक्नेतर्फ संकेत गरेकी छिन् । उनले ‘कहाँ उभिन्छस् सोध्नुहोला, जनता जिताउने एजेण्डामा उभिन्छु्र’ भन्दै पार्टीभन्दा माथि रहेको बताएकी छिन् ।
तोसिमा निर्वाचनको बेला विचार मिलेर मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीबाट टिकट लिएको बताउने गरेकी थिइन् । उनले राम्रो काम गर्ने जो कोहीसँग सहकार्य गर्ने र पार्टीले नाजायज काम गर्न थाले पार्टीमै रहनु पर्छ भन्ने छैन बताउने गरेकी थिइन् ।
समानुपातिक सासंद चयनका विषयमा विवाद सार्वजनिक भएसँगै पार्टीभित्र असहमतीको आवाज बाहिर आएको छ ।

 

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ९ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।