१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरमा किशोरीमाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

५ पुस ०७९, भक्तपुर । भक्तपुरमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका–४ मोर्डन चोक बस्ने सर्लाही हरिपुर नगरपालिका–६ का २९ वर्षीय महमद आरिफ शेखलाई प्रहरीले पक्राउ गरेको हो । उनी सोमबार साँझ पक्राउ परेका हुन् ।
उनले ती किशोरीलाई सूर्यविनायक नगरपालिका–४ मोर्डन चोकमा लगेर आइतबार राति बलात्कार गरेको भन्ने उजुरीपछि प्रहरी खटिएको थियो। प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । यस घटनाको थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  १ : ११ बजे