७ पुस ०७९, काठमाडौं । प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतमा रहेका एक थुनुवा फरार भएका छन् । बुधबार दिउँसो करिब ३ बजे जिल्ला अदालत काठमाडौंबाट एक जना आरोपी फरार भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
फरार हुनेमा भारतीय नागरिक १९ वर्षीय सचिनकुमार हुन् । लागु औषध नाइट्राभेटसहित पक्राउ परेका उनीमाथिको अनुसन्धान सकेर मुद्दा बुझाउने तयारी रहेको प्रहरी जनाएको छ । अदालतमा लाग्दा शौचालय पुगेका उनी फरार भएका हुन्। उनको खोजी भइरहेको परिसरले जनाएको छ।
प्रतिक्रिया