९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चिडियाखानाको बाघ पाल्ने जिम्मा ललितपुर महानगरलाई



१४ पुस ०७९, ललितपुर । ललितपुर महानगरपालिकाले चिडियाखानामा रहेको बाघलाई आवश्यक पर्ने खाना तथा अरू व्यवस्थापनका लागि आवश्यक खर्च बेहोर्ने भएको छ ।

चिडियाखानाको २७ औँ वार्षिकोत्सव कार्यक्रममा महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले चिडियाखानामा रहेको बाघको अभिभावकत्व ग्रहण गर्ने बताए । चिडियानाले दुई वर्षअघि सुरु गरेको ुएडप्ट एन एनिमलु अर्थात् जनावरको अभिभावकत्व ग्रहण गर्ने कार्यक्रमलाई ललितपुर महानगरपालिकाले पनि साथ दिन लागेको हो ।

दुई वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एकसिङ्गे गैँडाको अभिभावकत्व ग्रहण गरेर यो कार्यक्रम सुरुवात गरेका थिए ।
२७ औँ वार्षिकोत्सव कार्यक्रममा मेयर महर्जनले चिडियाखाना घुम्न आउने अशक्त तथा ज्येष्ठ नागरिकका लागि सुविधाजनक गाडीको व्यवस्थापन गर्ने बताए ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  ५ : २४ बजे