९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


डल्लुबाट चोरी भएको मोटरसाइकल भेटियो मंगलबजारमा



१४ पुस ०७९, ललितपुर । ललितपुरको मंगलबजारबाट चोरीको मोटरसाइकलसहित ट्राफिक प्रहरीले एक जनालाई पक्राउ गरेको छ । धादिङको ज्वालामुखी गाउँपालिका १ घर भइ हाल काठमाडौंको स्वयम्भु बस्ने ज्ञानेन्द्र प्रताप शाहलाई थप अनुसन्धानको लागि प्रहरी वृत स्वयम्भुमा बुझाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
सिद्धार्थचोकबाट २२० सीसीको निलो रङको, बा ५७ प २२ ६१नन्बरको मोटरसाइकल हराएको भनि काभ्रेपलान्चोकको तिमाल गाँउपालिका ८ घर भइ हाल काठमाडौंको डल्लु बस्ने सानुकान्छा तामाङले उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए। प्राप्त निवेदनको आधारमा खोजी गर्दा वास्तविक नम्बरमा परिवर्तन गरि बा७९प ७० ८९ नम्बर राखेर चलाउँदै गरेको अवस्थामा शाहलाई ललितपुरको मंगलबजारबाट नियन्त्रणमा लिएको थियो।
हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएको तर स्वयं सवारी धनी पनि विशेष चनाखोका साथै सजक हुनुपर्ने र सवारी चालक थप जिम्मेवार बनि सुरक्षित स्थानमा मात्र पार्किङ गर्न, अतिरिक्त लक तथा सुरक्षाका उपायहरुको समेत प्रयोग गर्न प्रवक्ता भट्टले अनुरोध गरे। सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ।

 

 

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  ७ : ५२ बजे