२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फिचर


चिसोबाट कसरी बच्ने ? यसो गर्नुस्



ललितपुर खबर,काठमाडौं

पछिल्लो समय निरन्तर जाडो बढ्न थालेको छ । चिसोले तराई पहाड र हिमाली क्षेत्र जताततै चिसो बढेको छ ।
तातो कपडा, हिटर र एसी हुनेहरुलाई यो जाडोमा सझिलो हुने नै भयो । जाडोमा खानपान र वानी व्यावहारका कारण पनि धेरै चिसो हुनबाट बच्न सकिन्छ । त्यसका लागि आनीबानी परिवर्तन गर्न जरुरी छ ।

के हुन्छ चिसोले ? 
चिसोका कारण हाम्रो भित्री शरिरमा असर पर्न थालेपछि रुघा, खोकी र फ्यूको सम्भावना बढ्छ । यो समयमा कोरोनाजस्ता भाइरस बढ्नसक्ने डाक्टरहरु बताउछन् ।
डाक्टरहरुका अनुसार यो समयमा जिंक आइरन र भिटामिन १२ भएका खानेकुराहरु खानुपर्छ । यो बेला दुध,माछा, अण्डा,चिज र पनिरले शरिर न्यानो राख्न मद्दत गर्छ ।
धेरै मान्छे फलामले फलामलाई काट्छ भन्दै चिसो कुरा नै खाने गर्दछन् । तर स्वास्थ्यको दृष्टिकेणले यो सही होइन । चिसो समयमा शरिरको बाहिरी भागलाई न्यानो बनाउनुका साथै भित्री भागलाई पनि न्यानो नै राख्नुपर्छ नत्र चाँडै रुघा खोकीले च्याप्दै लैजान्छ ।
सकेसम्म तातोपानी,चिया,सुपजस्ता खानेकुरा खानुपर्छ । घरमा सायपातको झोल,ज्वानो र तातो दाल ज्यादा खाँदा शरिरलाई फाइदा गर्छ ।

घरमा कसरी बस्ने ? 
चिसोबाट बच्न घरलाई पनि न्यानो बनाउनु जरुरी हुन्छ । सबैको घरमा एसी, हिटर वा आगो ताप्ने मकल हुन्छ नै भन्ने हुँदैन । यी बस्तु नहुँदा पनि घरलाई धेरै चिसो हुनबाट जोगाउन सकिन्छ ।


घरलाई न्यानो बनाउन सबै ढोका बन्द गर्नुस् । यसबाट बाहिरी चिसो हावा घरभित्र पस्न पाउदैन । तर आगो बालेको अवस्थामा भने ढोका बन्द गर्दा अस्सिजन कम भई शरिरलाई झन् असर गर्छ ।
घरको माथि चिसो हुने जस्ता पाताजस्ता चिसो बनाउने बस्तु छन् भने माथि पराल, दाउराजस्ता बस्तु राख्नुस् । कौसीमा पानी जम्न नदिनुस् । चिसो केही कम हुन्छ ।


के खाने के नखाने ? 
जाडोमा वियर,कोक फेण्डाजस्ता चिसो नखाएकै राम्रो ।यो समयमा तातो चिया, तातो दुध,मसरुम सुप, भुटेको मकै,भटमासजस्ता खानेकुराले शरिरलाई फाइदा गर्छ ।
जाडोमा केरा, सुन्तला,स्याउ र अनारजस्ता फलफुल नखानु नै राम्रो हुन्छ । खानै परे घाममा बसेर खादा राम्रो हुन्छ । फलफुल केही समय घाममा राखेर मात्र खानु राम्रो हुन्छ ।


मोटरसाइकल र स्कुटरमा यात्रा गर्दा पनि धेरै चिसो हुन्छ । मोटरसाइकलमा हिड्दा चिसो हावाले हान्दा छाला कठ्ंिग्रन्छ । त्यसैले यो समय सकेसम्म सार्वजनिक यातयात उपयोगी हुन्छ ।
हात खुट्टा र अनुहार छोप्दा पनि चिसो कम हुन्छ । मोजा लगाउदा बाक्लो, मुखमा कपडाको मास्क र गलबन्दी चिसो कम गर्न उपयोगी हुन्छन् ।

 

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ९ : ३५ बजे