९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


२९ वर्षदेखि फरार अभियुक्त काठमाडौंबाट पक्राउ



१९ पुस ०७९, काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले २९ वर्षदेखि फरार एक जना व्यक्तिलाई पक्राउ गरेको छ । लागूऔषध मुद्दामा अदालतबाट २०५० सालमा ४ वर्ष ११ महिना १९ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना सजाय तोकिएका व्यक्ति पक्राउ परेका हुन् । पक्राउ पर्नेमा काठमाडौं–३०, मैतीदेवी स्थायी घर भएका ५९ वर्षका श्यामकृष्ण शाही छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेश मैनालीका अनुसार उनलाई पक्राउ गरेर अदालतको फैसला कार्यान्वयनका लागि जिल्ला अदालत, काठमाडौं उपस्थित गराइएको छ । शाहीसहित लागूऔषध, सवारी ज्यान, विद्युतीय कारोबार, सार्वजनिक अपराध, सम्बन्ध विच्छेद लगायतका कसूरमा फरार १५ जनालाई सोमबार मात्रै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ९ : ३७ बजे