९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


अधिकांश व्यावसायिक संस्थामा कैफियत



२० पुस ०७९, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपत्यकामा बजार अनुगमन गरेमध्ये ९० प्रतिशत कुनै न कुनै जरिवाना वा कारबाहीमा पर्ने गरेका छन् । विभागले चालू आर्थिक वर्षको साउनदेखि पुस १७ गतेसम्म दुई हजार ४९ वटा व्यावसायिक संस्थामा अनुगमन गरेकोमा एक हजार ८२३ मा कुुनै न कुनै कैफियत भेटिएका हुन् ।

विभागका अनुसार सो अवधिमा अनुगमन गरेकोमा ४३७ वटा जरिवानामा परेका छन् भने ४३२ वटा व्यावसायिक संस्थामा रहेका म्याद नाघेका सामान नष्ट गर्ने काम भएको छ । यस्तै ९५४ व्यावसायिक संस्थालाई सुधार र निश्चित समयभित्र कागजातसहित विभागमा उपस्थिति हुन निर्देशन दिइएको छ ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ७ : ५५ बजे