९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


दरवारमार्ग सडकको पार्किङ हट्यो, व्यापारीले गरे विरोध




काठमाडौं
पुस २१ । काठमाडौं महानगरले दरवारमार्ग सडकको पार्किङ हटाएपछि व्यापारीहरुले विरोध गरेका छन् ।
महानगरले पाकिङ हटाएर कोरोना महामारीपछि थलिएको व्यावसायीहरुको मनोवल गिह्राउने काम गरेको बताएका छन् ।
पार्किङ अभाव रहेको दरवारमार्गमा महानगरले विकल्प दिएर मात्रै हटाउनु पर्ने उनीहरुको माग छ ।
ट्राफिक प्रहरी, सडक विभाग र काठमाडौं महानगरपालिकासँग विगतमा भएको सहमति अनुसार एक लाइन पार्किङ गर्न पाउनु पर्ने उनीहरुको माग छ । लयस अघि महानगरले अण्डरग्राउण्ड पार्किङ राखिएको पसल व्यावसाय हटाउने अभियान नै सञ्चालन गरेको थियो । महानगरले खुलामञ्चमा अण्डरग्राउण्ड पािर्कङ बनाउने प्रकृया सुरु गरेपछि विरोध भएको छ । सार्वजनिक स्थलमा सवारी साधन पार्क गर्दा सबैलाई समस्या भएपछि महानगरले पार्किङ हटाउन सुरु गरेको हो ।
पछिल्लो समय दरवारमार्ग, नयाँ सडक, वागबजारलगायतका क्षेत्रमा सडकमै सवारी पार्क गर्दा यात्रु व्यापारीलगायत सबै सास्ती भोग्न बाध्य छन् ।
यस अघि बागबजारको पार्किङ हटाउँदा पनि व्यवासयीहरुले पसलनै बन्द गरेर आन्दोलनमा उत्रेका थिए ।

 

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  १० : ४५ बजे