९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


इमाडोल र कोटेश्वरमा युवकहरु मृत फेला




काठमाडौं
२२ पुस । ललितपुरको इमाडोल र काठमाडौंको कोटेश्वरमा एक एक जना मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ३१ ओम कारेश्वर मन्दिर नजिक डेरा गरी बस्ने धनकुटा धनकुटा नगरालिका ३ घर भएका २६ वर्षीय निश्चल राई आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
साथै ललितपुरको महालक्ष्मी नगरपालिका ४ बोझेपोखरी डेरा गरी बस्ने रामेछाप खांडादेबी गाउँपालिका १ घर भएका ४१ वर्षीय कुमार श्रेष्ठ आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाहरुका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  ८ : २९ बजे