९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


नेवाः पत्रकार दबूको अध्यक्षमा नृपेन्द्र




ललितपुर
२३ पुस । नेवार पत्रकारहरूको संस्था नेवाः पत्रकार दबूको चौथो महाधिवेशनबाट नृपेन्द्रलाल श्रेष्ठको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सुनिल महर्जन, महिला खुला उपाध्यक्षमा सुरेन्द्रभक्त श्रेष्ठ, महिला उपाध्यक्षमा रचना श्रेष्ठ, उपत्यका क्षेत्रबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षमा सन्दीपकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै महासचिवमा कृष्णकाजी (केके) मानन्धर, सचिवमा राजु नापित, कोषाध्यक्षमा बाबुकाजी साँछे श्रेष्ठ, खुला सहसचिवमा प्रजित शाक्य, महिला सहसचिवमा सुनिता महर्जन, उपत्यका क्षेत्रबाट प्रतिनिधित्व गर्ने सहसचिवमा विजयराम कर्माचार्य, सहकोषाध्यक्षमा तेजनारायण महर्जन निर्विरोध निर्वाचित भए ।
कार्यसमिति सदस्यमा रत्नकृष्ण श्रेष्ठ (उपत्यकाबाट), पूर्णभक्त दुवाव, दानदास श्रेष्ठ, अनिता डङ्गोल, अनुप प्रधान, मीरा बज्राचार्य र उत्तमकुमार श्रेष्ठ (गण्डकी प्रदेश) निर्वाचित भएका छन् । लेखासमिति संयोजकमा विगेन तुलाधर निर्विरोध निर्वाचित भएका छन् भने लेखासमिति सदस्यमा कसैको पनि उम्मेदवारी नपरेको निर्वाचन कमिटी संयोजक किरण शाक्यले जानकारी दिएका छन्।
छ पत्रकार पुरस्कृत

महाधिवेशनका अवसरमा छ पत्रकारलाई पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा अग्रज पत्रकार नरेशवीर शाक्य, नेपाल समाचारपत्रमा कार्यरत सरस्वती कर्माचार्य, नेपाः च्यानलमा कार्यरत अनुशा बज्राचार्य, भक्तपुरका फोटोपत्रकार सुरेश ख्वाखः श्रेष्ठ, हेटौँडाका पत्रकार सुरेश श्रेष्ठ र काभ्रेका पत्रकार सूर्यप्रसाद लाकोेजु छन् ।
अग्रज पत्रकार नरेशवीर शाक्यले ज्ञानदेवी मणि पत्रकारिता स्मृति पत्रकारिता पुरस्कार र नेपाल समाचारपत्रमा कार्यरत सरस्वती कर्माचार्यले ज्ञानज्योति लक्ष्मीप्रभा पुरस्कार प्राप्त गरे । यी दुई पुरस्कारको राशि नगद रु २० हजार रहेको नेवाः पत्रकार दबुका निवर्तमान अध्यक्ष सुरजवीर बज्राचार्यले बताए ।
त्यस्तै नेपाः च्यानलमा कार्यरत अनुशा बज्राचार्यले नगद रु १२ राशिको भिक्षुकुमार काश्यप स्मृति पत्रकारिता पुरस्कार, भक्तपुरका फोटोपत्रकार सुरेश ख्वाखः श्रेष्ठले बाबुराजा ज्यापू फोटो पत्रकारिता पुरस्कार, हेटौँडाका पत्रकार सुरेश श्रेष्ठले श्रीराम स्मृति पत्रकारिता पुरस्कार र काभ्रेका पत्रकार सूर्यप्रसाद लाकोेजुले वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् । तीन पुरस्कारको राशी रु १० हजार रहेको बज्राचार्यले जानकारी दिए ।
पुरस्कृत व्यक्तित्वलाई उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठले प्रमाणपत्र प्रदान गरेका थिए भने सम्बन्धित पुरस्कार दाताले नगद पुरस्कार प्रदान गरे ।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  १० : २६ बजे